२२ माघ २०८२, बुधबार । February 5, 2026

तीनकुने प्रदर्शन

भाटभटेनीमा छरिएको स्याउ–सुन्तला टिप्ने ८ जना हाजिरी जमानीमा छुटे



काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका ८ जना व्यक्तिहरूलाई हाजिरी जमानीमा रिहा गरिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले सरकारी वकिलको सहमति पश्चात उनीहरूलाई छाडेको हो।

रिहा हुनेहरूमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सस्मिता बराल छन्। उनीहरू भाटभटेनी अगाडिको तोडफोडपछि जमिनमा छरिएका फलफूल टिपिरहेका अवस्थामा पक्राउ परेका थिए।

सुरुमा ६ जना र पछि थप २ जनालाई छाडिएको भए पनि उनीहरूमाथि मुद्दा भने कायम नै रहेको प्रहरीले जनाएको छ।

तीनकुने घटनामा हालसम्म ८२ जना पक्राउ परिसकेका छन्। तीमध्ये ८ जना हाजिरी जमानीमा रिहा भएका हुन् भने बाँकी ७४ जना अझै हिरासतमा रहेका छन्। अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल