काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका ८ जना व्यक्तिहरूलाई हाजिरी जमानीमा रिहा गरिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले सरकारी वकिलको सहमति पश्चात उनीहरूलाई छाडेको हो।
रिहा हुनेहरूमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सस्मिता बराल छन्। उनीहरू भाटभटेनी अगाडिको तोडफोडपछि जमिनमा छरिएका फलफूल टिपिरहेका अवस्थामा पक्राउ परेका थिए।
सुरुमा ६ जना र पछि थप २ जनालाई छाडिएको भए पनि उनीहरूमाथि मुद्दा भने कायम नै रहेको प्रहरीले जनाएको छ।
तीनकुने घटनामा हालसम्म ८२ जना पक्राउ परिसकेका छन्। तीमध्ये ८ जना हाजिरी जमानीमा रिहा भएका हुन् भने बाँकी ७४ जना अझै हिरासतमा रहेका छन्। अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया