२ माघ २०८२, बिहिबार । January 15, 2026

किन जान्छ झ्याप-झ्याप बिजुली ? यस्तो छ कारण



काठमाडौं । हालै देशका विभिन्न भागमा आएको प्रि-मनसुनको हावाहुरीका कारण छोटो समयका लागि विद्युत् आपूर्ति अवरुद्ध भए पनि त्यसलाई लोडसेडिङको रूपमा नबुझ्न नेपाल विद्युत् प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले सोमबार जारी गरेको विज्ञप्तिमा, अस्थायी रूपमा विद्युत् सेवा रोकिएको अवस्था लोडसेडिङको भ्रममा फैलाइएकोप्रति ध्यानाकर्षण गराउँदै, यस्तो सूचनाले उपभोक्तामा अनावश्यक भ्रम सिर्जना गरिरहेको उल्लेख छ।

‘हावाहुरीका कारण कतिपय क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको भए पनि हाम्रो टोलीले वितरण केन्द्रहरूबाट तत्कालै मर्मत तथा सेवा पुनः सुचारु गर्ने कार्यमा निरन्तर खटिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्राधिकरण आफ्ना ग्राहकहरूलाई नियमित, गुणस्तरीय र भरपर्दो सेवा दिन सधैं प्रतिवद्ध छ।’

विद्युत् संरचनामा आएको क्षतिका कारण पोल ढल्ने, तार लत्रिने जस्ता घटनाहरूले जनधनमा समेत क्षति पुर्‍याउन सक्ने भन्दै प्राधिकरणले उपभोक्तालाई सतर्क र सुरक्षित रहन पनि अनुरोध गरेको छ।

प्राधिकरणका अनुसार, देशभरका अधिकांश प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र पुनः सञ्चालन गरिएको छ। मौसम प्रतिकूल भए पनि प्राविधिक टोली दिनरात खटिई सेवा सुचारु गरिरहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले