२ माघ २०८२, बिहिबार । January 15, 2026

वीरगञ्जमा कर्फ्यू हटाइयो, सभा–जुलुसमा भने निषेध



पर्सा । शनिबार बेलुका दुई समूहबीच भएको झडपका कारण लगाइएको कर्फ्यू आदेश जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार राति १२ बजेदेखि हटाएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले वीरगञ्ज महानगरभित्रको शान्ति सुरक्षाको अवस्था क्रमशः सुधार हुँदै गएको मूल्याङ्कन गर्दै सर्वपक्षीय छलफलपछि कर्फ्यू हटाउने निर्णय गरिएको जानकारी दिए। “स्थिति केही हदसम्म नियन्त्रणमा आइसकेको छ, त्यसैले आइतबार मध्यरातदेखि कर्फ्यू हटाइएको हो,” उनले बताए।

तर, अवस्था पूर्ण रूपमा सामान्य नभएको भन्दै केही क्षेत्रहरूमा निषेधाज्ञा भने जारी गरिएको छ। प्रजिअ अर्यालका अनुसार, वैशाख १ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म वीरगञ्ज महानगरको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सियापुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा कुनै प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।

यो आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३ क) अनुसार जारी गरिएको हो। उक्त आदेशको उल्लंघन गर्ने जो–कोहीलाई कानुन बमोजिम कारबाही गरिने स्पष्ट चेतावनी प्रशासनले दिएको छ। झडपको कारण शनिबार बेलुका ६:३० बजेदेखि कर्फ्यू लागू गरिएको थियो।

अवस्था केही सामान्य भए पनि संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले सर्तसहित निषेधाज्ञा कायम राखेको हो।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ६ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले