१५ बैशाख २०८२, सोमबार । April 28, 2025

देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपात



काठमाडौं । अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाइरहेको छ, जसको कारण अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली देखिएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा एक-दुई स्थानमा हिमपात समेत हुनसक्ने सम्भावना रहेको छ। यसैगरी, वर्षा, चट्याङ तथा हिमपातका कारण जनजीवन, स्वास्थ्य, कृषि, सडक र हवाई यातायातमा प्रतिकूल असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।

आवश्यक सतर्कता अपनाई मौसमजन्य सम्भावित जोखिमबाट जोगिन महाशाखाले विशेष सावधानी अपनाउन सुझाव दिएको छ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको