५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

नेपाली सेनाले २६०० भन्दा बढी सैन्य पदका लागि आवेदन खुला, कक्षा ८ पासले पनि मौका पाउने



काठमाडौं । नेपाली सेनाले २६०० भन्दा बढी सैन्य पदहरूमा नयाँ भर्तीका लागि आवेदन खुला गरेको छ।

सेनाको भर्ना छनौट निर्देशनालयले सार्वजनिक सूचना जारी गर्दै स्वीकृत दरबन्दीअनुसार खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गरिने जानकारी दिएको हो। सेनाले देशभरका तोकिएका भर्ना केन्द्रहरूमा आवेदन फारम बुझाउन आवेदकहरूलाई आग्रह गरेको छ। इच्छुक उम्मेदवारले वैशाख २७ गतेभित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप सात दिनसम्म पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

शैक्षिक योग्यताका हिसाबले कक्षा ८ पास गरेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। शारीरिक मापदण्डअनुसार पुरुष उम्मेदवारको उचाइ कम्तीमा ५ फिट ३ इन्च तथा महिलाको हकमा ५ फिट हुनुपर्नेछ। सेनामा सेवा गर्ने चाहना भएकाहरूका लागि यो अवसर महत्वपूर्ण हुने भन्दै निर्देशनालयले समयमै आवेदन दिन आग्रह गरेको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ११ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दाङमा भारतीय पर्यटक बोकेको बस दुर्घटनाः २१ जना घाइते

दाङ । भारतको लखनउबाट पर्यटकीय भ्रमणका लागि पोखरा जाँदै गरेको

सुनको चमकमा हल्का ओझ-आजको बजार मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरूपमा घटेको छ।

सुन कमजोर, चाँदी बलियो !

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गिरावट

गभर्नरमा डा.गुणाकर भट्ट ! चुनौतीपूर्ण अर्थतन्त्रमा विश्वासिलो हात

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि सत्तारूढ गठबन्धन

चीनको चेतावनी: “अर्थहीन करले व्यापार युद्ध मात्र बढाउँछ”

एजेन्सी । चीनले अमेरिकाद्वारा गरिएको कर वृद्धिको कडा आलोचना गरेको