२ माघ २०८२, बिहिबार । January 15, 2026

दुर्गा प्रसाइँलाई हवाईमार्गमार्फत काठमाडौं ल्याइँदै



काठमाडौं | भारतको आसाम राज्यमा आत्मसमर्पण गरेका दुर्गा प्रसाइँलाई आज (शुक्रबार) नेपाल फर्काइँदैछ।

मानवअधिकारकर्मीको उपस्थितिमा भारतीय प्रहरीले उनलाई नेपाल प्रहरीको जिम्मा लगाउने तयारी गरेको छ। प्रसाइँ नेपाल आउने खबर फैलिएसँगै उनका आफन्तजन र समर्थकहरू काँकरभिट्टास्थित मेची पुलमा जम्मा भएका छन्। तर, सुरक्षाको कारण देखाउँदै नेपाल प्रहरीले उनलाई वैकल्पिक सीमा नाका गलगलियाबाट ल्याउने निर्णय गरेको छ।

गलगलिया नाका झापाको भद्रपुर क्षेत्रमा पर्ने भारतीय सीमा हो। प्रहरी स्रोतका अनुसार, भीडभाडको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रुट परिवर्तन गरिएको हो। झापाका प्रहरी प्रमुख मिलन केसीको नेतृत्वमा प्रहरी टोली गलगलिया पुगेको छ।

भारतबाट प्रसाइँको हस्तान्तरण भएपछि उनलाई चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याइने योजना बनाइएको छ। प्रसाइँको प्रत्यावर्तनलाई लिएर सुरक्षा संयन्त्र उच्च सतर्कतामा राखिएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ९ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले