२९ बैशाख २०८२, सोमबार । May 12, 2025

चाइना साउदर्नले काठमाडौं–ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सुरु



काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले नेपाल–चीन हवाई सेवा विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले यही अप्रिल १० देखि काठमाडौँ–ग्वाङ्झाउ मार्गमा रात्रिकालीन उडान पुनः सुरु गर्ने भएको हो।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै आगामी अप्रिलदेखि अक्टोबरसम्मका लागि उडान तालिका समायोजन गरिएको जानकारी दिएको छ। नयाँ तालिकाअनुसार काठमाडौँबाट ग्वाङ्झाउका लागि दैनिक राति ११:३० बजे रात्रिकालीन उडान हुनेछ।

त्यस्तै, दिउँसो हुने उडानको समय पनि परिमार्जन गरिएको छ। अब दिउँसोको उडान १२:५० बजे हुनेछ।

तालिका अनुसार दिउँसोको उडान यसरी हुनेछ: अप्रिल १० – मे महिनासम्म : आइतबार, सोमबार, बुधवार र बिहीबार, जुन – अगस्टसम्म : आइतबार र बिहीबार मात्र र सेप्टेम्बरमा अक्टोबरसम्म : दैनिक सञ्चालन हुनेछन् |

चाइना साउदर्नले सो अवधिमा उडान संख्या मात्र नभई सिट क्षमतामा पनि वृद्धि गर्ने जनाएको छ। कम्पनीका अनुसार काठमाडौँ–ग्वाङ्झाउ मार्गमा ४५ हजार सिट र ग्वाङ्झाउ–काठमाडौँ मार्गमा ४६ हजारभन्दा बढी सिट उपलब्ध हुनेछन्।

गत वर्षको तुलनामा यो क्रमशः १६.५ प्रतिशत (६ हजार सिट) र ३९.९ प्रतिशत (१३ हजार सिट) बढी हो। एयरलाइन्सले सेवा विस्तारको उद्देश्य नेपाल–चीनबीचको व्यापार, पर्यटन र सांस्कृतिक सम्बन्धलाई थप बल दिनु रहेको जनाएको छ। साथै, यो कार्यक्रम नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव र चीन–नेपाल पर्यटन वर्षको अवसरमा गरिएको बताइएको छ।

“चाइना साउदर्न एयरलाइन्स दुई देशबीचको परस्पर सहयोग र सम्बन्ध सुदृढ पार्न प्रतिबद्ध छ,” विज्ञप्तिमा उल्लेख छ, “यसले यात्रुहरूलाई सहज, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्नुका साथै, नेपाल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ६ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कूल पूजा गर्न गएका दम्पतीको सडक दुर्घटनामा मृत्यु

रुकुम । सानीभेरी गाउँपालिका–१० तिमिलेमा भएको सवारी दुर्घटनामा एक दम्पतीको

भुटान महिला लिगमा नेपाली डिफेन्डर पूजा रानाको डेब्यु गोल, टिमको शानदार जित

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी डिफेन्डर पूजा रानाले

रुकुम पश्चिममा जिप दुर्घटनाः एकको ज्यान गयो, तीन गम्भीर घाइते

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्ली–तिमिले भित्री सडक

भारत-पाकिस्तान युद्धविरामः भारतले खोल्यो बन्द सबै विमानस्थल

काठमाडौं । भारत–पाकिस्तानबीच उत्पन्न तनाव अन्त्य भएसँगै भारतले बन्द गरेका

रेसुङ्गा विमानस्थलबाट अब हप्तामा तीन दिन उडान, यात्रु उत्साहित

गुल्मी । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब हप्तामा