४ आश्विन २०८३, आइतबार । September 20, 2026

सान्टो डोमिङ्गोको नाइटक्लबमा भयानक दुर्घटनाः ११३ को मृत्यु, सयौं घाइते


२६ चैत्र २०८१, बुधबार  

21
Shares

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोस्थित एक प्रसिद्ध नाइटक्लबमा मंगलबार बिहान भयावह दुर्घटना भएको छ।

(जेट सेट नाइटक्लब) मा भएको कन्सर्टका क्रममा छत भत्किँदा कम्तिमा ११३ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने १५० भन्दा बढी व्यक्तिहरू घाइते भएका छन्। दुर्घटनाका क्रममा मृत्यु हुनेमा प्रख्यात प्रान्तीय गभर्नर तथा पूर्व मेजर लिग बेसबल खेलाडी अक्टाभियो डोटेल पनि परेका छन्।

५१ वर्षीय डोटेललाई भग्नावशेषबाट उद्धार गरिए पनि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो। यो घटना लोकप्रिय मेरेंगु गायक रुबी पेरेजको कन्सर्टका क्रममा भएको हो। उनका प्रबन्धकका अनुसार गायक पेरेज पनि घटनामा ज्यान गुमाउनेहरूमध्ये एक हुन्। क्लबभित्र सयौं दर्शकहरू उपस्थित थिए भने उद्धार कार्यमा करिब ४०० जनाको टोली परिचालन गरिएको छ। अधिकारीहरूले अझै पनि केही जीवित व्यक्तिहरू भग्नावशेषमा फसेको आशा व्यक्त गरेका छन्।

घटनास्थलमा शोकको वातावरण छ। क्लब बाहिर मानिसहरू आँसुमा डुबेका छन्, एकअर्कालाई अँगालो हाल्दै प्रियजनहरूको खोजीमा छन्। आपतकालीन सेवा केन्द्रका निर्देशक जुआन म्यानुएल मेन्डेजले धेरैजसो व्यक्तिहरू अझै जीवित हुन सक्ने भन्दै उद्धार कार्यमा तीव्रता ल्याइएको जानकारी दिए। जेट सेट नाइटक्लब सान्टो डोमिङ्गोको प्रतिष्ठित मनोरञ्जनस्थल हो जहाँ नियमित रूपमा नृत्य र सांगीतिक कार्यक्रमहरू आयोजना हुने गर्छन्।

त्यहाँ राजनीतिज्ञ, खेलकुद क्षेत्रका नामी व्यक्तित्वहरू समेत नियमित पाहुना हुने गरेका छन्। राष्ट्रपति लुइस अबिनाडरले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन्। क्लबभित्र खिचिएको भिडियो फुटेजहरूमा कन्सर्टको रमाइलो वातावरण अचानक त्रासदीमा परिणत भएको देखिन्छ। सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा दर्शकहरूले “छतबाट केही खस्यो” भनेर चेतावनी दिएको पनि सुन्न सकिन्छ।

उद्धार कार्य जारी रहँदा मृत्यु संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ६ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली