१० श्रावण २०८३, आइतबार । July 26, 2026

हेबेई प्रान्तको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु


२६ चैत्र २०८१, बुधबार  

69
Shares

एजेन्सी । उत्तर चीनको हेबेई प्रान्तको लोङहुआ काउन्टीस्थित एक नर्सिङ होममा मङ्गलबार राति आगलागी हुँदा २० जनाको मृत्यु भएको छ।

बेइजिङबाट १८० किलोमिटर उत्तरपूर्वमा रहेको नर्सिङ होममा आगलागी मङ्गलबार राति ९ बजे ९१३०० जिएमटी० सुरु भएको थियो। सिन्ह्वा समाचार एजेन्सीका अनुसार बुधबार बिहानसम्म २० जनाको मृत्यु भएको पुष्टि गरिएको छ। नर्सिङ होममा रहेका अन्य वृद्धवृद्धालाई थप उपचारका लागि नजिकैको अस्पतालमा स्थानान्तरण गरिएको छ।

आगलागीको कारणको बारेमा अनुसन्धान भइरहेको र नर्सिङ होमको जिम्मेवार व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। चीनमा शिथिल भवन संहिता र कार्यस्थल सुरक्षामा लापरवाहीका कारण यस प्रकारका घटनाहरू बढि सामान्य भएका छन्।

यसअघि पनि जनवरी महिनामा बेइजिङको झाङजियाकोउ सहरमा आगलागी हुँदा आठ जनाको मृत्यु र १५ जना घाइते भएका थिए।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  १२ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर