२३ जेष्ठ २०८३, शनिबार । June 7, 2026

संगीत रोकिन नपाउँदै मृत्युको शंख : नाइटक्लबको छतले ७९ जीवन थिच्यो


२६ चैत्र २०८१, बुधबार  

525
Shares

काठमाडौं । डोमिनिकन गणतन्त्रको राजधानी सान्तो डोमिङ्गोमा मंगलबार बिहान एक भयानक दुर्घटना घटेको छ।

जेट सेट नामक लोकप्रिय नाइटक्लबको छत अचानक खस्दा कम्तीमा ७९ जनाले ज्यान गुमाएका छन् भने १६० जना घाइते भएका छन्। मेरेंग कन्सर्ट चलिरहेको बेलामा भएको यस घटनामा डोमिनिकन समाजका राजनीतिक, खेलकुद र सांगीतिक क्षेत्रका चर्चित व्यक्तिहरू समेत सहभागी थिए।

प्रत्यक्षदर्शीका अनुसार जब चर्चित गायक रुबी पेरेज स्टेजमा आफ्नो प्रस्तुति दिइरहेका थिए, त्यति बेलामा क्लबको बत्ती अचानक निभ्यो र केही क्षणमै छत थाँती भइ खसेको थियो। डोमिनिकन आपतकालीन सञ्चालन केन्द्रका निर्देशक जुआन म्यानुअल मेन्डेजका अनुसार उद्धार कार्य जारी रहेको छ र भग्नावशेषमा अझै पनि केही मानिस जीवितै फसेका हुनसक्ने अनुमान गरिएको छ।

४०० भन्दा बढी उद्धारकर्मी र दर्जनौं एम्बुलेन्सको सहयोगमा घाइतेहरूको उद्धार तथा राहत कार्य तीव्र गतिमा अघि बढाइएको छ। क्लबमा करिब ५०० देखि १००० सम्म दर्शक उपस्थित रहेको बताइएको छ। घटनाको कारण अनुसन्धान भइरहेको छ भने डोमिनिकन सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  १० : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा

ब्राजिलको पोस्टर ब्वाई नेयमार !

काठमाडौं । नियमार अब कुनैपनि फुटबल टोर्नामेन्ट खेल्नका लागि मैदान

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६