२६ माघ २०८२, आइतबार । February 8, 2026

प्रजातन्त्र पुनःस्थापनाको ऐतिहासिक सम्झनाः जनआन्दोलन दिवस आज देशभर मनाइँदै



काठमाडौं । नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर विविध कार्यक्रमहरू आयोजना गरी जनआन्दोलन दिवस मनाइँदैछ।

वि.सं. २०४६ सालको चैत २६ गते ३० वर्ष लामो पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै बहुदलीय प्रजातान्त्रिक प्रणाली पुनःस्थापित गरिएको थियो। वि.सं. २०१७ पुस १ गते राजा महेन्द्रद्वारा सुरु गरिएको पञ्चायती व्यवस्था जनआन्दोलनमार्फत विस्थापित गरिँदा नेपाली जनताको लामो संघर्ष सफल भएको थियो।

नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चासहित विभिन्न राजनीतिक शक्तिहरूले एकताबद्ध भएर चालेको आन्दोलनले ३० वर्षे निरंकुश शासन अन्त्य गरेको थियो। कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा चलेको उक्त जनआन्दोलन करिब ५० दिनसम्म निरन्तर चल्यो। यो ऐतिहासिक आन्दोलन वि.सं. २०४६ सालको फागुन ७ गते सुरु भएको थियो, जुन नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनास्वरूप सुरु गरिएको हो।

अन्ततः वि.सं. २०४६ सालको चैत २६ गते तत्कालीन राजा वीरेन्द्रले जनताको आवाज स्वीकार्दै देशवासीलाई सम्बोधन गर्दै बहुदलीय शासन व्यवस्था पुनःस्थापित भएको घोषणा गरे। प्रत्येक वर्ष चैत २६ गते यस ऐतिहासिक उपलब्धिको सम्झनामा जनआन्दोलन दिवसका रूपमा मनाउने गरिएको छ।

यस वर्ष पनि विभिन्न राजनीतिक दल, नागरिक समाज, तथा संस्थाहरूले विविध कार्यक्रमहरूको आयोजना गर्दै यस दिनलाई विशेष तरिकाले स्मरण गरिरहेका छन्।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ८ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी

बढ्यो सुनचाँदीको भाउ ! कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program