२ माघ २०८२, बिहिबार । January 16, 2026

डोटीमा मिनी ट्रक दुर्घटनाः २७ वर्षीय युवकको मृत्यु, एक जना घाइते



डोटी । सोमबार दिउँसो साढे १२ बजे डोटीको बडीकेदार गाउँपालिका–३ देउथानमा एक मिनी ट्रक दुर्घटनामा परेको छ।

जनजागरण सामुदायिक वनमा सडेगलेका काठ सङ्कलन गर्दै सेलानेको खोलामा पुर्याउन लागेको बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनी ट्रक सडक किनारामा पल्टिँदा २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा ट्रकमा रहेका काठले गुरुङलाई च्यापेर घटनास्थलमै मृत्यु भएको थियो।

सोही ट्रकमा सवार लोकबहादुर पल्ली मगर, जो सामुदायिक वनका अध्यक्ष हुन्, घाइते भएका छन्। घाइते व्यक्तिको उपचार स्थानीय मूलीचौर स्वास्थ्यचौकीमा भइरहेको र उनको अवस्था मध्यम रहेको वडाध्यक्ष प्रकाश लामाले जानकारी दिएका छन्।

प्रहरीले ट्रक चालक गोपाल बडेला (२९), बडिकेदार गाउँपालिका–२ बर्छैनका, को खोजी जारी राखेको जनाएको छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ४ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले