७ चैत्र २०८२, शनिबार । March 22, 2026

काठमाडौं महानगरपालिकामा तलब निकासा सुरुः रोकिएको तलब एकमुष्ट वितरण


२४ चैत्र २०८१, सोमबार  

21
Shares

काठमाडौं । लामो समयदेखि रोकिएको काठमाडौं महानगरपालिकाका कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिको तलब एकमुष्ट रूपमा वितरण गर्न सुरु गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको पुनः कार्यभार सम्हालेसँगै तलब निकासाको प्रक्रिया अघि बढेको हो। प्रशासन नेतृत्वविहीन हुँदा ४ हजारभन्दा बढी शिक्षक तथा कर्मचारीहरू महिनौंसम्म तलबविहीन बनेका थिए। शिक्षकहरूको पाँच महिनाको र कर्मचारीहरूको तीन महिनाको (चैतसम्म) तलब रोकिएको थियो। गुरागाईंले बिहीबार कार्यलयमा हाजिर गरेसँगै तलबलाई पहिलो प्राथमिकतामा राख्दै निकासा प्रक्रिया सुरु गरे।

महानगरमा स्थायी, करार, दोहोरो हाजिर र ज्यालादारीसहित ४ हजारभन्दा बढी जनशक्ति कार्यरत छन्, जसमा १७ सयभन्दा बढी शिक्षक मात्र रहेका छन्। सबैलाई चैत मसान्तसम्मको बक्यौता तलब वितरण गरिँदैछ। प्रत्येक महिनाको तलबका लागि काठमाडौं महानगरले करिब साढे १२ करोड रूपैयाँ खर्च गर्दै आएको छ।

यो पटक एकमुष्ट रूपमा चैतसम्मको तलब वितरण गर्न झण्डै ४० करोड रुपैयाँ खर्च लागेको काफ्लेले जानकारी दिए। सूचना अनुसार, महानगर प्रमुख बालेन्द्र साहको तलबसमेत निकासा भइसकेको छ।

उनले पनि अन्य जनप्रतिनिधिहरूसँगै माघ यतादेखिको तलब प्राप्त गरेका छन्।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ३ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो