२६ माघ २०८२, आइतबार । February 8, 2026

रवि लामिछाने कारागार चलान, भैरहवा कारागारको ४ नम्बर ब्लकमा राखियो



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार भैरहवा कारागार चलान भएका छन्।

अदालतको आदेशमा पक्राउ परेका लामिछानेले कारागार लाग्दै गर्दा संक्षिप्त प्रतिक्रिया दिँदै भने, “केही छैन, अदालतप्रति सम्मान छ।” उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि शुक्रबार काठमाडौँबाट पक्राउ गरिएका लामिछानेलाई आज जिल्ला अदालतमा उपस्थित गराइ पुर्पक्षका लागि भैरहवा कारागार पठाइएको हो।

कारागार प्रशासनले उनलाई ४ नम्बर ब्लकमा राखेको छ, जुन पुरुष थुनुवाका लागि छुट्याइएको क्षेत्र हो। भैरहवा कारागारमा कुल ४ ब्लक छन्— जसमा १ र २ नम्बर ब्लक अन्य पुरुष कैदीका लागि, ३ नम्बर ब्लक महिला कैदी तथा थुनुवाका लागि र ४ नम्बर ब्लक विशेष निगरानीमा राखिनेहरूका लागि प्रयोग हुने गर्दछ।

उक्त कारागारमा यसअघि सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि थुनामा छन्। यो बयानमार्फत उनले अदालती प्रक्रियालाई स्वीकार गर्दै आफू कानुनी मार्गमा सहकार्य गर्न तयार रहेको संकेत गरेका छन्।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ३ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी

बढ्यो सुनचाँदीको भाउ ! कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most