२ माघ २०८२, बिहिबार । January 16, 2026

रवि लामिछाने कारागार चलान, भैरहवा कारागारको ४ नम्बर ब्लकमा राखियो



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार भैरहवा कारागार चलान भएका छन्।

अदालतको आदेशमा पक्राउ परेका लामिछानेले कारागार लाग्दै गर्दा संक्षिप्त प्रतिक्रिया दिँदै भने, “केही छैन, अदालतप्रति सम्मान छ।” उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि शुक्रबार काठमाडौँबाट पक्राउ गरिएका लामिछानेलाई आज जिल्ला अदालतमा उपस्थित गराइ पुर्पक्षका लागि भैरहवा कारागार पठाइएको हो।

कारागार प्रशासनले उनलाई ४ नम्बर ब्लकमा राखेको छ, जुन पुरुष थुनुवाका लागि छुट्याइएको क्षेत्र हो। भैरहवा कारागारमा कुल ४ ब्लक छन्— जसमा १ र २ नम्बर ब्लक अन्य पुरुष कैदीका लागि, ३ नम्बर ब्लक महिला कैदी तथा थुनुवाका लागि र ४ नम्बर ब्लक विशेष निगरानीमा राखिनेहरूका लागि प्रयोग हुने गर्दछ।

उक्त कारागारमा यसअघि सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि थुनामा छन्। यो बयानमार्फत उनले अदालती प्रक्रियालाई स्वीकार गर्दै आफू कानुनी मार्गमा सहकार्य गर्न तयार रहेको संकेत गरेका छन्।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ३ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले