२ माघ २०८२, बिहिबार । January 16, 2026

देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

यसका कारण गण्डकी प्रदेशसहित देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने बाँकी क्षेत्रहरूमा मौसम मुख्यतः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

साथै, यी प्रदेशका हिमाली भूभागमा पनि एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ। यद्यपि, देशका अधिकांश स्थानमा वर्षा नहुने सम्भावना उच्च रहेकोले सुख्खा अवस्था कायमै रहने देखिन्छ। यस्तो अवस्थामा आगलागी र वायु प्रदूषणको जोखिम बढ्ने भएकाले महाशाखाले सतर्क रहन र आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत यस्तो मौसमले असर पुर्‍याउन सक्ने भएकाले सम्बन्धित निकाय तथा नागरिकलाई सजग रहन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ६ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले