२ माघ २०८२, बिहिबार । January 16, 2026

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको कार्यवाहक नेतृत्वको जिम्मेवारी उपसभापति डीपी अर्याललाई सुम्पिएको छ।

पार्टीको केन्द्रीय सचिवालयले शुक्रबार साँझ बसेको आकस्मिक बैठकबाट उक्त निर्णय लिएको हो। यो निर्णय सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार पक्राउ गरिएपछि गरिएको हो। लामिछाने पक्राउ परेपछि तत्काल सचिवालय बैठक बसेको थियो, जसले पार्टीको नियमित सञ्चालनलाई निरन्तरता दिने निर्णय गर्‍यो।

बैठकले अदालतको आदेशप्रति सम्मान जनाउँदै, संविधान र कानुनी प्रक्रियामा भरोसा राख्दै न्यायका लागि अर्को तहमा जाने रणनीति अपनाउने बताएको छ। त्यस्तै, शनिबार (चैत्र २३) अपराह्न २ बजे भरतपुर, चितवनमा तय गरिएको आमसभालाई शान्तिपूर्ण, मर्यादित र सौम्य बनाउन निर्देशन पनि सचिवालयबाट जारी गरिएको छ।

रास्वपाले कुनै पनि परिस्थितिमा शान्तिपूर्ण ढंगले राजनीतिक क्रियाकलाप अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार  ६ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले