२६ माघ २०८२, आइतबार । February 8, 2026

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको कार्यवाहक नेतृत्वको जिम्मेवारी उपसभापति डीपी अर्याललाई सुम्पिएको छ।

पार्टीको केन्द्रीय सचिवालयले शुक्रबार साँझ बसेको आकस्मिक बैठकबाट उक्त निर्णय लिएको हो। यो निर्णय सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार पक्राउ गरिएपछि गरिएको हो। लामिछाने पक्राउ परेपछि तत्काल सचिवालय बैठक बसेको थियो, जसले पार्टीको नियमित सञ्चालनलाई निरन्तरता दिने निर्णय गर्‍यो।

बैठकले अदालतको आदेशप्रति सम्मान जनाउँदै, संविधान र कानुनी प्रक्रियामा भरोसा राख्दै न्यायका लागि अर्को तहमा जाने रणनीति अपनाउने बताएको छ। त्यस्तै, शनिबार (चैत्र २३) अपराह्न २ बजे भरतपुर, चितवनमा तय गरिएको आमसभालाई शान्तिपूर्ण, मर्यादित र सौम्य बनाउन निर्देशन पनि सचिवालयबाट जारी गरिएको छ।

रास्वपाले कुनै पनि परिस्थितिमा शान्तिपूर्ण ढंगले राजनीतिक क्रियाकलाप अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार  ६ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी

बढ्यो सुनचाँदीको भाउ ! कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा