२६ माघ २०८२, आइतबार । February 8, 2026

सहकारी ठगी मुद्दामा रवि लामिछाने पक्राउ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशपछि शुक्रबार बेलुका पक्राउ गरिएको छ।

प्रहरी टोलीले उनलाई काठमाडौंस्थित निवासबाट नियन्त्रणमा लिएको हो। रास्वपाका एक नेताका अनुसार केही सादा पोशाकका प्रहरीसहितको टोलीले लामिछानेलाई घरमै पुगेर पक्राउ गरेको हो। उच्च अदालतले बुटवलको सुप्रिम सहकारीमा ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै लामिछानेलाई पक्राउ गरिएको हो।

जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछिको निर्णयलाई सरकारले उच्च अदालतमा चुनौती दिएको थियो। उक्त अपिलमा सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा राख्न आदेश दिएको हो।

त्यससँगै गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश पनि उच्च अदालतले सदर गरेको छ। अब लामिछानेलाई थप प्रक्रिया अघि बढाउन रुपन्देही पठाइने तयारी भइरहेको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  १० : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी

बढ्यो सुनचाँदीको भाउ ! कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा