२ माघ २०८२, बिहिबार । January 15, 2026

सहकारी ठगी मुद्दामा रवि लामिछाने पक्राउ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशपछि शुक्रबार बेलुका पक्राउ गरिएको छ।

प्रहरी टोलीले उनलाई काठमाडौंस्थित निवासबाट नियन्त्रणमा लिएको हो। रास्वपाका एक नेताका अनुसार केही सादा पोशाकका प्रहरीसहितको टोलीले लामिछानेलाई घरमै पुगेर पक्राउ गरेको हो। उच्च अदालतले बुटवलको सुप्रिम सहकारीमा ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै लामिछानेलाई पक्राउ गरिएको हो।

जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछिको निर्णयलाई सरकारले उच्च अदालतमा चुनौती दिएको थियो। उक्त अपिलमा सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा राख्न आदेश दिएको हो।

त्यससँगै गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश पनि उच्च अदालतले सदर गरेको छ। अब लामिछानेलाई थप प्रक्रिया अघि बढाउन रुपन्देही पठाइने तयारी भइरहेको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  १० : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले