तनहुँ । तनहुँको डुम्रे–बेँसीसहर सडकखण्डमा शुक्रबार भएको बस दुर्घटनामा २० जना यात्रु घाइते भएका छन्।
डुम्रे बजारबाट लमजुङको बेँसीसहरतर्फ जाँदै गरेको ग१ख ६४९८ नम्बरको बस भानु नगरपालिका–१ स्थित मोहरियामा अनियन्त्रित भई पल्टिएको हो। घटनापछि उद्दार गरिएको २० यात्रुमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई चितवन मेडिकल कलेजमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
बाँकी १६ जना घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ। घटनामा संलग्न बस कालिका बस व्यवसायी समितिबाट सञ्चालित रहेको प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।
प्रतिक्रिया