२६ माघ २०८२, आइतबार । February 8, 2026

तीनकुनेमा सार्वजनिक कार्यक्रम स्थायी रूपमा निषेध गर्न समितिको निर्देशन



काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौँको तीनकुने क्षेत्रलाई संवेदनशील मानी सार्वजनिक कार्यक्रमहरू स्थायी रूपमा निषेध गर्न सरकारलाई स्पष्ट निर्देशन दिएको छ।

चैत १५ गते राजावादी समूहद्वारा आयोजित कार्यक्रममा भएको तोडफोड, आगजनी र लुटपाटलगायतका घटनापछि समितिले गृहमन्त्री र सुरक्षा निकाय प्रमुखसँग छलफल गरी तीनकुने क्षेत्रको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेको हो। समितिका अनुसार सो क्षेत्र अन्तर्राष्ट्रिय विमानस्थल, पेट्रोलियम पदार्थको भण्डारण, प्रमुख राजमार्ग तथा सञ्चारगृह नजिकै भएकाले अझ संवेदनशील मानिन्छ।

समितिको निर्देशनमा भनिएको छ, “तीनकुने र त्यस आसपासका क्षेत्रमा कुनैपनि सभा, प्रदर्शन, धर्ना वा अन्य सार्वजनिक कार्यक्रम आयोजना गर्न अब अनुमति नदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिइन्छ।”यसअघि अस्थायी निषेधाज्ञाको आलोचना गर्दै आएका सांसदहरूले समेत तीनकुने घटनाले देखाएको संवेदनशीलतालाई ध्यान दिँदै स्थायी निषेधको माग गरेका हुन्।

समितिले घटनामा संलग्न दोषीको छानबिन गरी कानुनी कारबाही अगाडि बढाउन निर्देशन दिएको छ। साथै, हिंसात्मक गतिविधिहरू दोहोरिन नदिन तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने सुझाव पनि दिएको छ।

आगामी बजेटमा प्रहरी संगठनलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउने व्यवस्था गर्नसमेत समितिले सरकारलाई सिफारिस गरेको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ५ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी

बढ्यो सुनचाँदीको भाउ ! कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।