२७ बैशाख २०८२, शनिबार । May 10, 2025

देशभरको मौसम पूर्वानुमानः पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ, जसका कारण विभिन्न स्थानमा मौसम परिवर्तनशील रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतस् सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली कायम रहनेछ, भने अन्य स्थानमा मौसम प्रायः सफा रहनेछ। महाशाखाले वर्षा र हिमपातको सम्भावनाका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ८ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप