११ चैत्र २०८२, बुधबार । March 25, 2026

पूर्वराजा ज्ञानेन्द्रमा संवेदनशीलता देखिएन: महामन्त्री शर्मा


१९ चैत्र २०८१, बुधबार  

30
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहको संवेदनशीलता नदेखिएको बताएका छन्।

बुधवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले प्रदर्शन पूर्वराजावादीहरूको आह्वानमा भएको र पूर्वराजाको अप्रत्यक्ष संलग्नता रहेको बताउनुभयो। प्रदर्शनपछि एक पत्रकारको मृत्यु भए तापनि पूर्वराजाले कुनै प्रतिक्रिया नदिएकोमा उन ले असन्तोष व्यक्त गरे।

“फागुन ७ मा अपिल गर्ने पूर्वराजा तीनकुने घटनाप्रति संवेदनशील हुनुहुन्न? उहाँलाई दुखाउनु पर्दैन? पत्रकारको ज्यान जाँदा उहाँलाई समवेदना महसुस हुँदैन?” महामन्त्री शर्माले प्रश्न गरे। त्यसैगरी, राज्यको सम्पत्ति तोडफोडमा गम्भीर गल्ती भएको भन्दै यस विषयमा बोल्नुपर्ने आवश्यकता औंल्याए।

महामन्त्री शर्माले राजतन्त्रको परिवारवादमा आधारित रहेको र गणतन्त्रको प्रणालीले महिलालाई राष्ट्रपतिको पदमा पुर्याएको कुरा पनि स्मरण गराए। उनले भने, “राजसंस्थामा सधैं पुरुषले मात्र अवसर पाउँछन्, तर गणतन्त्रले दोस्रो राष्ट्रपति महिलालाई बनाएको छ।”

उनले आगामी २०८४ सालको निर्वाचनपछि मुख्य राजनीतिक दलहरूमा नेतृत्व परिवर्तन हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ५ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali