२ माघ २०८२, बिहिबार । January 15, 2026

ट्रकमा लुकाइएको २५ करोडको मालिकको पहिचान: को हुन् मालिक ?



काठमाडौं। काठमाडौंको टोखा नगरपालिका–१० मा ट्रकमा लुकाइएको २५ करोड रुपैयाँ बराबरको डलर र युरोको मालिकको पहिचान गरिएको छ।

प्रहरी अनुसन्धान र विज्ञहरूद्वारा प्राप्त जानकारी अनुसार, उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का नारायण पौडेलको रहेको पुष्टि भएको हो। चैत ४ गते, ना ७ ख १६५२ नम्बरको ट्रकमा रकम लुकाएर लैजाँदै गरेको अवस्थामा सिन्धुपाल्चोकका ४३ वर्षीय चालक कुसान लामालाई प्रहरीले पक्राउ गरेको थियो। चालक लामाले ट्रकको सिट पछाडि रकम लुकाएको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको थियो।

प्रहरीका अनुसार, लामाको बैंक खाता र मोबाइल सीडीआर विश्लेषण गर्दा अस्वाभाविक कारोबार र पौडेलसँगको अन्तिम सम्पर्कको संकेत प्राप्त भएको थियो। अदालतबाट पौडेलको पक्राउको लागि पुर्जी जारी भइसकेको छ र अनुसन्धान तीव्र बनाइएको छ।

प्रहरीले पौडेलको घर, कारोबार स्थल, गोदाम र विभिन्न स्थानमा खानतलासी गर्दा थप प्रमाणहरू बरामद गरेका छन्। सीसीटीभी फुटेज र डिजिटल उपकरणहरूको जाँचसँगै, घटनामा संलग्न अन्य स्थानहरूको पनि समिक्षा गरिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ४ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले