२ माघ २०८२, बिहिबार । January 15, 2026

सुरेश रजकको मृत्यु: पोस्टमार्टम रिपोर्टले के खुलाउँछ?



काठमाडौं । तीनकुनेमा जलेको अवस्थामा मृत भेटिएका पत्रकार सुरेश रजकको शवमा गोली नलागेको कुरा पोस्टमार्टम रिपोर्टबाट स्पष्ट भएको छ। त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार, रजकको शरीरमा कुनै प्रकारको गोली लागेको पाइएको छैन।

डा. चौधरीले बताए, “शरीर जलेको अवस्थामा फोक्सोमा धुवाँको मुस्लो फसेको देखिन्छ। यसको अर्थ, आगोले नै उनको मृत्यु भएको हो।” उनले थपे, “अगाडि मारेर पछि आगो लगाइएको कुनै प्रमाण पाइएन।”

रजकको मृत्युसँगै गोली लागेको हल्ला चलिरहेको थियो। यसपछि चिकित्सकहरूले पोस्टमार्टम अघि एक्स–रे गर्नुपर्ने अडान लिए। बुधवार गरिएको एक्स–रे रिपोर्टपछि पोस्टमार्टम प्रक्रिया पूरा भएको थियो।

समाचारमा आएका गलत सूचनाका कारण एक्स–रे गर्न ढिलाइ भएको थियो, र केही मिडियामा रजकलाई गोली लागेको समाचार फैलिएको थियो। अब, पोस्टमार्टमपछि गोली नलागेको पक्का भएपछि, रजकको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ४ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले