काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रेडियो नेपाललाई कुनै पार्टी, व्यक्ति वा सरकारको होइन, सम्पूर्ण नेपालीको मञ्च भएको बताएका छन्। बुधबार रेडियो नेपालको ७५औं वार्षिकोत्सव र हीरक महोत्सवमा बोल्दै उनले रेडियो नेपालको समृद्धि र प्रभावकारिताले राष्ट्रको माया जित्ने विश्वास व्यक्त गरे।
मन्त्री गुरूङले भने, “यो रेडियो नेपाल ३ करोड नेपालीको हो, यो कुनै एक व्यक्ति, पार्टी वा सरकारको होइन।” उनले रेडियो नेपालको महत्वलाई व्यक्त गर्दै जनताको सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र गोपनियतासँग जोडिएको महत्वको चर्चा गरे।
साथै उनले रेडियो नेपाललाई आफ्नो नीति र कार्यक्रमहरू स्वायत्त तरिकाले अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। विगतको ईतिहासको चर्चा गर्दै उनले भनें, “रेडियो नेपालले आफ्नो कार्यक्षेत्रमा सत्ताको प्रभावबाट मुक्त भएर जनताको हितमा कार्य गर्नुपर्छ।”
प्रतिक्रिया