२ माघ २०८२, बिहिबार । January 15, 2026

भूकम्प पीडितलाई राहत लिए म्यानमार उड्यो सेनाको राहत टोली



काठमाडौं । नेपाली सेनाको एक विशेष टोली म्यानमारको भूकम्प पीडित क्षेत्रका लागि राहत र उपचार सामग्री लिएर प्रस्थान गरेको छ। हालै आएको विनाशकारी भूकम्पको असरपछि नेपाली सरकारको तर्फबाट चिकित्सा र राहत सामग्री सहितको टोली म्यानमार पठाइएको हो।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय टोली म्यानमार प्रस्थान गरेको छ। यस टोलीमा १२ चिकित्सक, ४ जना बन्दोबस्ती सहायता कर्मी, र ६ क्रु सदस्यहरू सामेल छन्। टोली नेपाली सेनाको सीएन–२३५ सीएएसए विमानमा म्यानमार पुगेको नेपाली सेनाले जानकारी दिएको छ।

टीममा शल्यचिकित्सक, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स र प्यारामेडिकहरू रहेका छन्, जो भूकम्पमा घाइते भएका व्यक्तिहरूको उपचारका लागि एक सातासम्म म्यानमारमा रहेका रहनेछन्।

त्यसैगरी, सरकारले नेपाल वायुसेना निगमको जहाजमार्फत राहत र मेडिकल सामाग्री पनि म्यानमार पठाउने तयारी गरिरहेको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  २ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले