२ माघ २०८२, बिहिबार । January 15, 2026

स्वतन्त्रताको नाममा हिंसा, तोडफोड र आगजनी निषेधित: राष्ट्रपति



काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्रताको नाममा हिंसा, तोडफोड, आगजनी र लुटपाटलाई सर्वदा निषेधित रहेको स्पष्ट गरेका छन्।

रेडियो नेपालको हीरक महोत्सवको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले संविधानको मर्म र भावना अनुसार जनताले स्वतन्त्रता प्रयोग गर्दा जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रपति पौडेलले नागरिकलाई संविधानले आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रता दिएको भए पनि हिंसा र आक्रमक गतिविधि स्वीकार्य नहुने बताएका छन्।

उनले काठमाडौंमा हालै घटेका घटनाका क्रममा जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै भने, “लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुन्छ र संविधानले दिएको अधिकारको प्रयोग गर्दा लोकतान्त्रिक संस्कारको पालन गर्नु आवश्यक छ।”

उनले संविधानको संरक्षण र जिम्मेवार अधिकार प्रयोगका बारेमा जनतालाई सचेत गराउँदै लोकतान्त्रिक गणतन्त्रका मूल्यहरूको सम्मान गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  १ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले