७ बैशाख २०८२, आइतबार । April 21, 2025

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै



काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुने भएको छ।

यस भेटवार्ताअघि प्रधानमन्त्री ओली थाइल्याण्डका समकक्षी शिनावातको स्वागत समारोहमा सहभागी भएका थिए। थाइल्याण्डका प्रधानमन्त्री निवातको निमन्त्रणामा नेपालका प्रधानमन्त्री ओलीले पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण गर्दैछन्।

भेटवार्तापछि, संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ। साथै, विभिन्न गैरसरकारी र व्यावसायिक संस्थाबीच सहमतिपत्र आदानप्रदान हुने बताइएको छ।

सम्झौतापछि दुवै प्रधानमन्त्री संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि तय भएको छ। प्रधानमन्त्री ओली आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट पनि गर्ने छन्।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ११ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लिङ्देनसहितका राप्रपा नेता केही घण्टामै रिहा

काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र

नेपालको डिजिटल यात्रामा ‘कस्तुरी आईटी होम’को बायोमेट्रिक क्रान्ति

काठमाडौं । डिजिटल युगमा प्रवेश गरिरहेको नेपाल आज सूचना प्रविधिलाई

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक