२ माघ २०८२, बिहिबार । January 15, 2026

एसईई परीक्षा सम्पन्न, नतिजा असार ७ भित्र सार्वजनिक हुने



काठमाडौं । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठीमीका अनुसार चैत ७ गतेदेखि सञ्चालन भएको परीक्षा मंगलबार सकिएको हो। यस वर्ष एसईईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भए। सबैभन्दा धेरै परीक्षार्थी काठमाडौंमा ३९,६०० र सबैभन्दा कम मनाङमा ४३ जना थिए।

जापानको परीक्षा केन्द्रबाट २९ विद्यार्थीले परीक्षा दिए भने केन्द्रीय कारागार, दैलेखका दुई कारागार, र भक्तपुरको बालसुधार गृहबाट पनि परीक्षार्थी सहभागी भए। बोर्डका अनुसार परीक्षा नतिजा आगामी असार ७ गतेभित्र सार्वजनिक गरिनेछ। यस वर्ष न्यूनतम ३५ अंकभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन्।

उत्तीर्ण दर ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ९ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले