२ माघ २०८२, बिहिबार । January 15, 2026

काठमाडौंमा वायु प्रदूषण यथावत्, स्वास्थ्य जोखिम बढ्दै



काठमाडौं । उपत्यकामा बुधबार पनि वायु प्रदूषणको असर गम्भीर रूपमै देखिएको छ।

आइतबारदेखि विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको काठमाडौं बुधबार दोस्रो स्थानमा पुगेको छ। बुधबार भारतको नयाँदिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बन्न पुगेको छ, जहाँ वायु गुणस्तर सूचक ९ब्त्तक्ष्० २९४ मापन गरिएको छ। काठमाडौं दोस्रो स्थानमा भए पनि प्रदूषण स्तर मंगलबारभन्दा झन् उच्च देखिएको छ।

स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन संस्था क्ष्त्त ब्ष्च का अनुसार मंगलबार २४८ एक्युआई रहेको काठमाडौंको वायु गुणस्तर बुधबार बिहान २४९ पुगेको छ। २०१ भन्दा माथि एक्युआई पुगेमा सबै उमेर समूहका मानिसहरूको स्वास्थ्यमा जोखिम बढ्ने भएकाले चिकित्सकहरूले बिहानको समयमा बाहिर ननिस्कन तथा अत्यावश्यक बाहेक अन्य कामका लागि घरबाहिर नजान सल्लाह दिएका छन्।

विगत केही दिनदेखि काठमाडौंको मौसम धुम्मिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तत्काल वर्षा नहुने सम्भावना भएकाले प्रदूषणको असर अझै केही दिन रहने अनुमान गरिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ९ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले