२२ माघ २०८२, बुधबार । February 4, 2026

प्रधानमन्त्री ओलीको थाइल्याण्ड यात्राः ऐतिहासिक भेटवार्ता र बिमस्टेक सहभागिता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेक शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्दैछन्।

उनी दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्ने कार्यक्रम छ। प्रतिनिधिसभामा हिजोको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपाल–थाइल्याण्ड कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि पहिलो पटक कुनै नेपाली प्रधानमन्त्रीले औपचारिक भ्रमण गर्न लागेको उल्लेख गरे।

बैंककलाई दक्षिणपूर्वी एसियामा ‘गेटवे’ मानिने भएकाले यो भ्रमण विशेष महत्त्वको भएको उनले बताए। यस भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका नरेश तथा समकक्षीसँग भेटवार्ता गर्नेछन्। पर्यटन र संस्कृतिसम्बन्धी दुई महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर हुनेछ भने गैरसरकारी क्षेत्रबीच ६ सम्झौताहरू सम्पन्न हुनेछन्।

साथै, उनले थाइल्याण्डका प्रतिष्ठित व्यवसायीहरूसँग छलफल गर्नुका साथै एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले चैत २२ गते बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्।

साथै, अन्य मुलुकका नेताहरूसँग साइडलाइन वार्ताको सम्भावना रहेको जनाइएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ८ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल