१ माघ २०८२, बुधबार । January 15, 2026

देशभर मौसममा विविध प्रभाव: केही स्थानमा हल्का हिमपातको सम्भावना



काठमाडौं । देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली कायम रहँदा अन्य क्षेत्रहरूमा मौसम सामान्यतया सफा छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।

दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम खुला रहनेछ। उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ। राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिकदेखि सफा मौसम रहने अनुमान गरिएको छ।

मौसम परिवर्तनले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले