१९ चैत्र २०८१, बुधबार । April 2, 2025

नेपाल स्काउट शुद्धिकरण अभियानको आमरण अनशन पाँचौ दिनमा, सरकारप्रति उपेक्षाको आरोप



काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियानले आफ्ना मागहरू पूरा गराउन दबाब स्वरूप सुरु गरेको आमरण अनशन पाँचौं दिन पुगेको छ।

स्काउटको राष्ट्रिय प्रधान कार्यालयअगाडि सहायक राष्ट्रिय प्रशिक्षक देवदुत अधिकारी र स्काउटर पवन गुरुङ अनशनमा बसेका छन्। चार सूत्रीय मागसहित सुरु गरिएको आन्दोलनलाई सरकारले अहिलेसम्म व्यवास्ता गरेको भन्दै अभियानका सदस्यहरूले असन्तुष्टि जनाएका छन्।

नेपाल स्काउट परिषद सदस्य विमला श्रेष्ठले सरकारको मौनता दुःखद भएको बताउँदै अनशनरत व्यक्तिहरूको मागलाई व्यवास्ता नगर्न आग्रह गरिन्। नेपाल स्काउट शुद्धिकरण अभियानका सदस्य रमेश सितेखुले १३ दिनदेखि रिले अनशन र पाँच दिनदेखि आमरण अनशन भए पनि खेलकुद मन्त्री तेजुलाल चौधरीले यो गम्भीर विषयलाई दबाउन खोजेको आरोप लगाए।

यस्तै,पूर्व राष्ट्रिय परिषद् सदस्य खडानन्द शर्मा अधिकारीले सरकारले अनशनरत व्यक्तिहरूको जीवन सुरक्षामा ध्यान दिनुपर्ने बताएका छन्। अनशनरत पक्षले नेपाल स्काउटभित्रको अनियमितताको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र समिति गठन, कर्मचारी प्रशासन नियमावली २०८१ को पुनरावलोकन, निर्देशक रामप्रसाद भट्टराईमाथि लागेको आरोपको निष्पक्ष छानबिन तथा स्काउटको वित्तीय तथा प्रशासनिक प्रक्रिया पारदर्शी बनाउनुपर्ने लगायतका माग अघि सारेका छन्।

माग पूरा गराउन नेपाल स्काउट शुद्धिकरण अभियानले चरणबद्ध आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ९ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्से सूचक २३.८६ अंकले वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २३.८६ अंकले वृद्धि हुँदै

सुरेश रजकको मृत्यु: पोस्टमार्टम रिपोर्टले के खुलाउँछ?

काठमाडौं । तीनकुनेमा जलेको अवस्थामा मृत भेटिएका पत्रकार सुरेश रजकको

रेडियो नेपाल ३ करोड नेपालीको हो, कुनै एक व्यक्ति, पार्टी वा सरकारको होइन: मन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रेडियो नेपाललाई

भूकम्प पीडितलाई राहत लिए म्यानमार उड्यो सेनाको राहत टोली

काठमाडौं । नेपाली सेनाको एक विशेष टोली म्यानमारको भूकम्प पीडित

नेपाल र थाइल्याण्ड बीच पर्यटन, संस्कृति र व्यापारमा नयाँ सम्झौतामा हस्ताक्षर

बैंकक । नेपाल र थाइल्याण्ड बीच आज पर्यटन, संस्कृतिसँग सम्बन्धित