२ माघ २०८२, बिहिबार । January 15, 2026

पत्रकार सुरेश रजकको पोस्टमार्टम रोकियो, परिवारले माग पूरा नभएसम्म प्रक्रिया अघि नबढाउने



काठमाडौं । शुक्रबार राजावादीहरूको प्रदर्शनका क्रममा ज्यान गुमाएका एभिन्युजका पत्रकार सुरेश रजकका दाजु रमेश रजकले आफ्ना माग पूरा नभएसम्म भाइको पोस्टमार्टम नगराउने बताएका छन्।

उनका अनुसार, सुरेशको शव अहिले टिचिङ अस्पताल, महाराजगञ्जमा राखिएको छ, तर सरकारले आफूहरूले अघि सारेका माग सम्बोधन नगरेसम्म कुनै प्रक्रिया अघि नबढाइनेछ। रमेशले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, “मेरो भाइको शव अहिले पनि अस्पतालमै छ। जबसम्म सरकारसँग राखिएको माग पूरा हुँदैन, तबसम्म कुनै प्रक्रिया अघि बढ्दैन।”

सुरेश रजकको मृत्यु शुक्रबार तीनकुनेस्थित झडप र प्रदर्शनको भिडियो खिच्ने क्रममा भएको थियो। त्यही क्रममा एक घरमा लागेको आगलागीमा परेर उनको ज्यान गएको बताइएको छ। तर, केही व्यक्तिहरूले सुरेश प्रहरीको गोलीले मारिएको अफवाह फैलाएपछि उनका दाजुले सत्यतथ्य सार्वजनिक गरेका हुन्।

रजक परिवारको मागप्रति सरकार कसरी प्रतिक्रिया दिन्छ भन्ने अहिले चासोको विषय बनेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ५ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले