२ माघ २०८२, बिहिबार । January 15, 2026

प्रतिनिधिसभा बैठक पुनः स्थगित, विपक्षीको अवरोध कायमै



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पुनः स्थगित गरिएको छ।

बिहान ११ बजेका लागि तय भएको बैठक निर्धारित समयभन्दा केही ढिलो गरी सुरु भए पनि विपक्षी दलहरूको अवरोधका कारण नियमित रूपमा सञ्चालन हुन सकेन। विशेष गरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको स्पष्टीकरण माग गर्दै विपक्षी सांसदहरूले विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो।

प्रारम्भमा बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको थियो, तर परिस्थिति सहज नभएपछि पुनः अपराह्न ४ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको छ। सत्तारूढ दलका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिको बैठकमा आवश्यक स्पष्टीकरण दिने जानकारी गराए तापनि विपक्षी दलहरूले तत्काल जवाफ दिनुपर्ने अडान राख्दै अवरोध जारी राखेका छन्।

फलस्वरूप, प्रतिनिधिसभा बैठक सामान्य रूपमा सञ्चालन हुन नसकेको हो।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ३ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले