काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
रिटको सुनुवाइ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको इजलासमा आठौँ नम्बर इजलासमा तय भएको छ। यसअघि सर्वोच्च अदालतले घिसिङको रिटको प्राम्भिक सुनुवाइ गर्दै सरकारलाई बर्खास्तगीको कारण पेश गर्न आदेश दिएको थियो।
घिसिङले सरकारको बर्खास्तगी निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए, जसपछि सर्वोच्च अदालतले लिखित जवाफको लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
प्रतिक्रिया