२ माघ २०८२, बिहिबार । January 15, 2026

राजावादीले जलाए गाडी, कर्मचारी भए निलम्बित



काठमाडौं। राजावादी समूहले दुई सरकारी गाडीमा आगजनी गरेपछि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घटनाको गम्भीरतासँग अनुसन्धान गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

मन्त्रालयका सहायक प्रवक्ता मेघनाथ रिमालका अनुसार, सहसचिव प्रदीप कोइरालाको नेतृत्वमा गठन गरिएको समितिले जलेका गाडीहरूको क्षतिको मूल्याङ्कन, घटनामा संलग्न व्यक्तिहरूको पहिचान र उचित कारबाहीको सिफारिस गर्नेछ। समितिलाई १५ दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ।

शुक्रबार भएको घटनामा राजावादी कार्यकर्ताले सामाजिक सुरक्षा कोषको बीएए ६७२४ नम्बरको गाडी र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको डीएबी ३८६७ नम्बरको गाडीमा आगो लगाएका थिए। यी गाडीहरू पूर्ण रूपमा नष्ट भएका छन्।

त्यसै गरी, मन्त्रालयका सचिव कृष्णहरि पुष्करले उक्त गाडीहरूको सुरक्षा गर्न असफल रहेकाले सामाजिक सुरक्षा कोष र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशकलाई कडा स्पष्टीकरण सोधेका छन्। साथै, गाडी चालक, सवार कर्मचारी र घटनामा संलग्न व्यक्तिहरूलाई अन्य व्यवस्था नभएसम्म निलम्बन गरिएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ११ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले