२ माघ २०८२, बिहिबार । January 15, 2026

तीनकुने घटना: ‘अरेस्टज्ञानेन्द्र’ र ‘अरेस्टप्रचण्ड’ ह्यासट्याग ट्रेन्डिङ



काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन उग्र बन्दा दुई जनाको मृत्यु भएपछि सामाजिक सञ्जालमा तीव्र बहस चलिरहेको छ।

केही प्रयोगकर्ताले प्रदर्शनको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लगाउँदै उनको गिरफ्तारीको माग गरेका छन्। ठूला राजनीतिक दलका नेताहरू र नागरिक समाजका अगुवाहरूले पनि यो विषयमा चासो देखाउँदै पूर्वराजालाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखेका छन्।

उनीहरूले शुक्रबारको हिंसात्मक घटनालाई योजनाबद्ध भन्दै पूर्वराजामाथि नै दोषारोपण गरिरहेका छन्। यता, पूर्वराजाका समर्थकहरूले भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्। केही वर्षअघि दाहालले जनयुद्धको क्रममा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएको प्रसंग कोट्याउँदै समर्थकहरूले ‘अरेस्टप्रचण्ड’ ह्यासट्याग ट्रेन्ड गराएका छन्।

यो घटनाले सामाजिक सञ्जालमा दुवै पक्षबीच बहस चर्किएको छ। एकथरिले पूर्वराजालाई प्रदर्शनको योजनाकार मान्दै कारबाहीको माग गरिरहेका छन् भने अर्काथरि प्रचण्डको विगतलाई लिएर उनलाई नै पक्राउ गर्नुपर्ने आवाज उठाइरहेका छन्।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ८ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले