२ माघ २०८२, बिहिबार । January 15, 2026

राष्ट्रपति पौडेलको उपस्थितिमा घोडेजात्रा सम्पन्न



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८१ का अवसरमा नेपाली सेनाद्वारा टुँडिखेलमा आयोजित समारोहको अवलोकन गरेका छन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपप्रधानमन्त्री र मन्त्रीहरू लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेका थियो।

यस अवसरमा, राष्ट्रपति पौडेलले सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरे । कार्यक्रमको दौरान घोडा दौड, घोडा जम्प र अन्य रोचक कला प्रदर्शन गरिएको थियो । घोडाका विभिन्न उपयोगहरू-जस्तै सामान ओसारपसार, यात्रा, कृषि, शिकार, लडाइँ, उत्सव र खेल-समेत देखाइएका थिए । साथै, कुकुरबाट पनि विभिन्न कला प्रदर्शन गराइएका थिए, र उत्कृष्ट प्रदर्शनी प्रस्तुत गर्नेलाई पुरस्कार प्रदान गरिएको थियो ।

घोडेजात्रा पर्व प्रत्येक वर्ष चैत्र कृष्ण औँसीको दिन काठमाडौँ उपत्यकामा परम्परागत रूपमा मनाइन्छ। किंवदन्ती अनुसार, एक समय काठमाडौँका बालबालिकालाई तर्साउने राक्षस गुरुमापाको आत्मालाई शान्त पार्न यो परम्परा शुरु भएको हो। आजको दिन ललितपुरमा पनि कानो घोडा दौडाएर यो पर्व मनाउने परम्परा रहेको छ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ५ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले