२ माघ २०८२, बिहिबार । January 15, 2026

पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी



काठमाडौं। सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा र राहदानी रद्द गर्ने प्रक्रियामा कदम चालेको छ। यो निर्णय विशेष गरी २५ मार्च शुक्रबार भएको हिंसात्मक प्रदर्शनको संदर्भमा आएको हो, जुन दुर्गा प्रसाईंको नेतृत्वमा भएको थियो।

गृह मन्त्रालयका उच्च स्रोतका अनुसार, “पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा आन्दोलन भएको थियो। छानबिनपछि विदेश भाग्ने आशंका रहेकोले उनका सबै सेवा सुविधा र राहदानी रद्द गर्ने प्रक्रिया सुरु गरिएको छ।”

शुक्रबारको मन्त्रिपरिषद बैठकमा उक्त हिंसात्मक घटनाबारे गम्भीर छलफल भएको थियो, जसमा ज्ञानेन्द्रलाई देश बाहिर जान रोक्न र उनीलाई पाउँदै आएको सुविधाहरू खोस्न प्रस्ताव गरिएको छ।

सन्देश अनुसार, तीनकुनेमा शान्तिपूर्ण प्रदर्शनको नाममा प्रदर्शनकारीहरूले सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरेका थिए, जसका कारण दुईजनाको मृत्यु र ११० जना घाइते भएका छन्। यसमा ५३ जना नेपाल प्रहरीका, २२ जना सशस्त्र प्रहरी बलका र ३५ जना प्रदर्शनकारीहरू समावेश छन्।

यति मात्र होइन, उक्त प्रदर्शनका क्रममा नौ वटा सरकारी सवारी साधन र छ वटा अन्य सवारी साधनमा आगजनी र १४ स्थानमा आगजनीका घटनाहरू रिपोर्ट भएका छन्। प्रहरीले घटनामा संलग्न १०५ जनालाई पक्राउ गरेको जनाएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  १ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले