काठमाडौं । एभिन्यूज खबरका पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ ।
पत्रकार महासंघको आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । उनीहरुले हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।
एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको हिजो राजावादी समूहले गरेको आन्दोलनमा भिडिओ खिच्ने क्रममा घरभित्र जलेको अवस्थामा शव भेटिएको थियो ।
प्रतिक्रिया