काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमा भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै पक्राउ गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयले निष्कर्ष निकालेको छ कि प्रसाईंले सुरक्षाकर्मीलाई लक्षित गरेर गाडी चलाएपछि स्थिति बिग्रिएको हो।
काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार, सरकारको निर्देशन पछि प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।
आज तिनकुनेमा भएको राजावादी विरोध प्रदर्शन हिंसात्मक बनेपछि कार्यक्रम विथोलिएको थियो। सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंलाई आजको तोडफोड र आगजनीमा जिम्मेवार ठहर गरेको छ।
प्रतिक्रिया