१७ चैत्र २०८१, सोमबार । March 31, 2025

आजको मौसमः यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

शुक्रबार बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

दिउँसो ती दुई प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएङ्को छ। राति कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा मौसम आंशिक बदली रहने सम्भावना छ।

कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा राति पनि हल्का हिमपात र पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

लुम्बिनी प्रदेश लगायत सुदुरपश्चिम प्रदेशको तराईका केही भूभागमा हावाहुरीको पनि सम्भावना रहेको यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ७ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दाङको टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा पुनः सुरु

दाङ । तीन महिनापछि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा सोमबारदेखि

कीर्तिमान मूल्यमा कारोबार हुँदै सुन, चाँदी कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

रेसुङ्गा विमानस्थलमा तीन महिनापछि हवाई सेवा पुनः सञ्चालन

गुल्मी । तीन महिनापछि गुल्मीको रेसुङ्गा विमानस्थलबाट पुनः उडान सुरु

बाजुरामा चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु

धनगढी । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३, धुर्तोलामा चितुवाको आक्रमणबाट एक

ईदउलफित्रको अवसरमा आज देशभर सार्वजनिक बिदा

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईदउलफित्र को अवसरमा सरकारले