२८ मंसिर २०८२, शनिबार । December 13, 2025

गणतन्त्र पक्षसँग भिड्ने तयारीमा राजावादी !



काठमाडौं । राजावादी समूहले भोलि (शुक्रबार) काठमाडौंमा आयोजना गर्ने प्रदर्शनलाई शान्तिपूर्ण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। तर, विज्ञानका आधारमा क्रिया र प्रतिक्रिया हुने सम्भावनाको बारेमा सचेत गराउँदै उनीहरूले कुनै पनि परिस्थिति उपेक्षा नगर्न आग्रह गरेका छन्।

राजावादी र गणतन्त्रवादी समूह दुवैले काठमाडौंका छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्ने छन्। काठमाडौं प्रशासनका अनुसार, राजावादीहरूको प्रदर्शन तिनकुनेमा र गणतन्त्रवादीहरूको प्रदर्शन भृकुटीमण्डपमा हुनेछ।

‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, “हामी द्वन्द्व, मुठभेड, तोडफोड, आगजनी, हिंसा र गृहकलह सहन नसक्ने अवस्थामा छौं। यसलाई हामीले शान्तिपूर्ण सहकार्यका रुपमा अघि बढाउनेछौं, तर यसलाई कमजोरी नठान्नुहोस्।”

सुवेदीले थप भने, “विज्ञानको नियम अनुसार क्रिया पछि प्रतिक्रिया अवश्य हुन्छ। यदि यसलाई कमजोरी ठानेर बेवास्ता गरियो भने परिणाम अनुकूल नहुन सक्छ।” उनले भने, आफ्नो समूहको प्राथमिकता राजसंस्थाको पुनर्स्थापना गरेर सहमतिको बाटोमा अघि बढ्ने रहेको छ।

राजावादीहरूको मुख्य मागमा संवैधानिक राजसंस्था, सनातन हिन्दू अधिराज्यको पुनःस्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन समावेश छन्।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ४ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले