१ माघ २०८२, बुधबार । January 15, 2026

ओलीको टिप्पणी: ‘कुलमान मुद्दामा तिललाई पहाड बनाउने काम हुँदैछ !’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर भइरहेको विवादप्रति गम्भीर प्रतिक्रिया जनाएका छन्।

उनले यस्तो गर्दै तिललाई पहाड बनाउने काम भइरहेको र अनावश्यक हल्लाखल्ला गरिरहेको आरोप लगाएका छन्। मंगलबार, प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाको पुस्तक ‘म र मेरो सानोबुबा’को लोकार्पण समारोहमा सम्बोधन गर्दै ओलीले भने, “मैले आइडोलोजी त्यति धेरै हेर्दिनँ, देशप्रतिको निष्ठा हेर्दछु। आइडोलोजीहरू फरक हुनसक्छन्, तर गन्तव्य एउटै हो-देशको उत्थान।”

प्रधानमन्त्री ओलीले भनाइमा थपे, “साना कुराहरूलाई तिलको पहाड बनाउने चलन छ। अहिले केही मानिसहरू सानो विषयलाई लिएर हल्लाखल्ला गर्दै उफ्रिरहेका छन्। यसले अर्थ छैन। हामीले देश र जनताको हितको लागि इमानदार ढंगले काम गर्नुपर्छ।” ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा अवकाश प्राप्त व्यक्तिलाई नियुक्त गर्नाले ल्याएको उज्यालोको बारेमा प्रश्न उठाए। “कति वर्षको मेहनतलाई जादु वा चमत्कारको रूपमा प्रचार गर्न ठीक होइन,” उनले भने।

प्रधानमन्त्री ओलीले यसअघि के गरेका कामलाई झल्काउँदै थपे, “पहिलो ४ वर्षमा कति उज्यालो आएको थियो? अहिले नियुक्ति गरेर अचानक उज्यालो आएको हो?” उनले यसमा धेरै भ्रम नपर्न पनि आग्रह गरे। अन्तमा, ओलीले पूर्वराजा शाहप्रति लक्षित गर्दै सामन्ती चिन्तनका बारेमा टिप्पणी गर्दै भने, “अबको युगलाई स्वीकार्न नसक्ने यो चिन्तनले देशलाई अघि बढ्न दिँदैन।”

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ५ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले