२१ माघ २०८२, मंगलबार । February 4, 2026

ओलीको टिप्पणी: ‘कुलमान मुद्दामा तिललाई पहाड बनाउने काम हुँदैछ !’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर भइरहेको विवादप्रति गम्भीर प्रतिक्रिया जनाएका छन्।

उनले यस्तो गर्दै तिललाई पहाड बनाउने काम भइरहेको र अनावश्यक हल्लाखल्ला गरिरहेको आरोप लगाएका छन्। मंगलबार, प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाको पुस्तक ‘म र मेरो सानोबुबा’को लोकार्पण समारोहमा सम्बोधन गर्दै ओलीले भने, “मैले आइडोलोजी त्यति धेरै हेर्दिनँ, देशप्रतिको निष्ठा हेर्दछु। आइडोलोजीहरू फरक हुनसक्छन्, तर गन्तव्य एउटै हो-देशको उत्थान।”

प्रधानमन्त्री ओलीले भनाइमा थपे, “साना कुराहरूलाई तिलको पहाड बनाउने चलन छ। अहिले केही मानिसहरू सानो विषयलाई लिएर हल्लाखल्ला गर्दै उफ्रिरहेका छन्। यसले अर्थ छैन। हामीले देश र जनताको हितको लागि इमानदार ढंगले काम गर्नुपर्छ।” ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा अवकाश प्राप्त व्यक्तिलाई नियुक्त गर्नाले ल्याएको उज्यालोको बारेमा प्रश्न उठाए। “कति वर्षको मेहनतलाई जादु वा चमत्कारको रूपमा प्रचार गर्न ठीक होइन,” उनले भने।

प्रधानमन्त्री ओलीले यसअघि के गरेका कामलाई झल्काउँदै थपे, “पहिलो ४ वर्षमा कति उज्यालो आएको थियो? अहिले नियुक्ति गरेर अचानक उज्यालो आएको हो?” उनले यसमा धेरै भ्रम नपर्न पनि आग्रह गरे। अन्तमा, ओलीले पूर्वराजा शाहप्रति लक्षित गर्दै सामन्ती चिन्तनका बारेमा टिप्पणी गर्दै भने, “अबको युगलाई स्वीकार्न नसक्ने यो चिन्तनले देशलाई अघि बढ्न दिँदैन।”

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ५ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल