१ माघ २०८२, बुधबार । January 15, 2026

“एक हप्तामा तलब नदिए टुकुचामा गाडिदिन्छु!” – मेयर बालेन



काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा) का मेयर बालेन शाहले नगरपालिकाका कर्मचारीहरूलाई तलब नदिने व्यवस्थापकहरूप्रति कडा कारबाहीको चेतावनी दिएका छन्।

उनले अर्को एक हप्ताभित्र कर्मचारीहरूलाई तलब नदिएमा सम्बन्धित जिम्मेवारहरूलाई टुकुचामा गाड्ने धम्की दिएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जाल मार्फत मेयर शाहले सरकारको अहंकारले गर्दा पिछ्ला तीन महिनादेखि सरसफाइ कर्मचारीहरूले तलब पाउन नसकेको बताए। उनले आफ्नो फेसबुक पोष्टमा लेखे, “काठमाडौं महानगरपालिकाका सरसफाइ कर्मचारीहरूले ३ महिनादेखि तलब पाएका छैनन्। सरकारको दम्भले यस्तो भएको हो। को-कोले कस्तो आन्दोलन गर्छ, मलाई थाहा छैन। तर अबको एक हप्ताभित्र हाम्रा कर्मचारीहरूले तलब पाएनन् भने, म सम्बन्धित जिम्मेवारहरूलाई टुकुचामा गाडिदिने छु!”

यसैसाथ उनले राजनीतिक दलहरूका नेताहरूप्रति पनि संकेत गर्दै भने, “त्यसपछि हेरौंला, तपाईंहरूको तन्त्रले के गर्छ!”

मेयर शाहको यो कडा बयानले सरकार र नगरपालिकाको वित्तीय प्रशासनप्रति गम्भीर चिन्ता उठाएको छ। कर्मचारीहरूको तलब नदिने समस्याको समाधानका लागि उनले अहिले नै कारबाही गर्ने जोड दिएका छन्।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  १० : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले