१ माघ २०८२, बुधबार । January 15, 2026

ज्ञानेन्द्र शाहीको कांग्रेस महामन्त्रीद्वयलाई चुनौती- कुलमानलाई हटाउने मन्त्रीलाई कारबाही गर्नुस्



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने उर्जामन्त्री दीपक खड्कालाई सरकारबाट फिर्ता बोलाउन नेपाली कांग्रेसलाई खुल्ला चुनौती दिएका छन्।

कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामाथि कटाक्ष गर्दै शाहीले भने, “गोहीको जस्तो आँसु नझार्नुस्।” उनले थपे, “आफै झाँक्री, आफै बोक्सी। गगन थापा र विश्वप्रकाश शर्माजी यदि तपाईंहरूले साँच्चै कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न चाहनुहुन्छ भने, कुलमान घिसिङलाई हटाउने मन्त्रीलाई फिर्ता बोलाउनुस् र कारबाही गर्नुहोस्। चाबी र ताला तपाईंकै हातमा छ।”

शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत चुनौती दिँदै भने, “यदि तपाईं साँच्चै कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न चाहनुहुन्छ भने, कांग्रेस र एमालेसँगको गोप्य सम्झौतामा भएको टिआरसी विधेयकको सहमति तोड्नुहोस्। अन्यथा, हातिको जस्तो दुईवटा दाँत नदेखाउनुहोस्, एउटा चपाउने र अर्को लुकाउने। गोहीको जस्तो आँसु नझार्नुस् र सामाजिक सञ्जालमा मात्र रमिता र नाटक नगर्नुस्।”

ज्ञानेन्द्र शाहीको यो वक्तव्यले राजनीतिक माहोलमा ताजातरीन बहस सिर्जना गरेको छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले