१ माघ २०८२, बुधबार । January 15, 2026

फागुनमा दर्ता भएका आपराधिक घटनामा बैंकिङ कसुर अगाडि, ४ हजार ४ सय ६८ मुद्दा दर्ता



काठमाडौं । नेपालभर फागुन महिनामा कुल ४,४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्।

तीमध्ये सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा रहेका छन्, जसको संख्या १,१२७ (२५.२२ प्रतिशत) पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले काठमाडौँ उपत्यकामा बढी अपराध घटनाहरु घटेको र त्यसमध्ये बैंकिङ कसुरको संख्या उच्च रहेको जानकारी दिए।

बैंकिङ कसुरमा चेक बाउन्सका मुद्दा प्रमुख रहेको बताउँदै उनले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगका कारण अपराधका घटनाहरु बढेको बताएका छन्। त्यसैगरी, फागुन महिनामा दर्ता भएका अन्य प्रमुख आपराधिक घटनामा सार्वजनिक हितविरुद्धका ५२१ मुद्दा, आत्महत्यासम्बन्धी ५०१ मुद्दा, लागुऔषधसँग सम्बन्धित ४१९ मुद्दा र चोरीसम्बन्धी २८६ मुद्दा रहेका छन्।

आचार्यका अनुसार, काठमाडौँ उपत्यकामा १,३३७ मुद्दा दर्ता भएका छन् भने अन्य प्रदेशहरुमा पनि आपराधिक घटनामा वृद्धि भएको देखिन्छ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  १० : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले