१ माघ २०८२, बुधबार । January 14, 2026

ऊर्जामन्त्रीलाई महावीरको सुझाव: कुलमान जस्तै काम गर, नत्र माफी माग



काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनले ऊर्जामन्त्री दीपक खड्काको कडा आलोचना गर्दै माफी माग्नका लागि सुझाव दिएका छन्।

पुनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, “यदि ऊर्जामन्त्री ज्यू कुलमान घिसिङको जस्तो जनताको चित्त बुझाउने काम गर्न सक्नुहुन्न भने माफी माग्नुहोस्, जनताले तपाईंलाई माफी दिन्छन्” भन्ने बताएका छन्। उनले थपेका छन्, “२१औं शताब्दीमा विद्युत् नै एक मात्र शक्ति हो, जसले कुनै पनि राष्ट्रको विकास र अस्तित्वको रक्षा गर्छ। विद्युत् नहुँदा राष्ट्र कस्तो अवस्थामा पुग्ला भनेर एक पल्ट कल्पना गर्नुहोस्।” पुनले मन्त्री खड्काको कार्यशैली र भ्रष्टाचारको आरोप लगाउँदै, “वर्तमान ऊर्जामन्त्री जस्तो विवेकहीन र लोभी व्यक्तिले देशलाई कति नोक्सान पुर्याएको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ” भनेका छन्।

यसको अलावा, मन्त्री खड्का र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बीचको तनाव पनि चर्किरहेको छ। मन्त्री खड्का, घिसिङलाई हटाउन चाहन्छन् र यसै सन्दर्भमा महावीर पुनले माफी माग्नको सुझाव दिएका छन्।

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  ९ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले