१ माघ २०८२, बुधबार । January 14, 2026

राजतन्त्र भूत हो, यो केवल भ्रमको संसार हो: डा. भट्टराई



जनकपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा कडा बयान गर्दै राणा र राजाहरूको पालामा भ्रष्टाचार अहिलेको तुलनामा तीन गुणा बढी भएको दाबी गरे। उनले भने, “त्यतिबेला भ्रष्टाचार धेरै थियो, तर तिनका गलत कार्यहरू जनतासम्म पुग्न दिइँदैनथे।”

उनले ती पालामा जनतालाई शिक्षा र अन्य आधारभूत सुविधाबाट बञ्चित राखिएको र सत्ता सुरक्षित राख्नका लागि राजाले शिक्षा सीमित व्यक्तिहरूसम्म मात्र पुर्याएको बताए। डा. भट्टराईले थपे, “राजतन्त्र भूत हो, यो केवल भ्रमको संसार हो जसको वास्तविकतासँग कुनै सम्बन्ध छैन।”

उनले लोकतन्त्रको महत्व र भविष्यमा जनतालाई छल गर्न कठिन हुने कुरा पनि उल्लेख गरे। “अब जनताले मात्र नेताहरू छान्ने होइन, सक्षम र विकल्पयुक्त सोच भएका नयाँ नेताहरूको चयन गर्नुपर्छ,” डा. भट्टराईले भने। अन्त्यमा, उनले राजतन्त्रलाई फर्काउने र पञ्चायती शासन ल्याउने सपना देख्ने नेताहरूको आलोचना गर्दै, “सत्ताको भोकले तिर्खाएका नेताहरूले सत्य स्वीकार गर्नुपर्छ,” ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  २ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले