५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा गोरखनाथ मन्दिरमा पूजाअर्चना



गोरखा । हाल गोरखामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गुरु गोरखनाथ र गोरखकाली माताको मन्दिरमा पूजाअर्चना गरेका छन् ।

शनिबार पूर्वराजा शाहले ती मन्दिरमा पूजा अर्चना गरेका हुन् । शाहवंशीय परम्पराअनुसार गोरखकाली मातालाई कुलदेवीका रूपमा लिइने गरिन्छ । सो अवसरमा पूर्वराजा शाहलाई स्थानीय सर्वसाधारणले स्वागत गरेका थिए ।

पूर्वराजा शाहले मनकामना मन्दिरमा पनि पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि उनी आजै कुरिनटार जाने कार्यक्रम रहेको बताइएको छ । यसअघि उनले गोरखा दरबारको अवलोकन तथा दर्शन गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  २ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दाङमा भारतीय पर्यटक बोकेको बस दुर्घटनाः २१ जना घाइते

दाङ । भारतको लखनउबाट पर्यटकीय भ्रमणका लागि पोखरा जाँदै गरेको

सुनको चमकमा हल्का ओझ-आजको बजार मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरूपमा घटेको छ।

सुन कमजोर, चाँदी बलियो !

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गिरावट

गभर्नरमा डा.गुणाकर भट्ट ! चुनौतीपूर्ण अर्थतन्त्रमा विश्वासिलो हात

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि सत्तारूढ गठबन्धन

चीनको चेतावनी: “अर्थहीन करले व्यापार युद्ध मात्र बढाउँछ”

एजेन्सी । चीनले अमेरिकाद्वारा गरिएको कर वृद्धिको कडा आलोचना गरेको